काठमाडौं । दुई तथा तीन पांग्रे सवारीसाधन निर्माता टीभीएसले नेपाली बजारमा टीभीएस जुपिटर ११० स्कुटर सार्वजनिक गरेको छ । यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सेग्मेन्टमै पहिलो पटक समावश गरिएका नवीनतम प्रविधिहरुले सुसज्जित रहेको कम्पनीले जनाएको छ । नयाँ जुपिटर ११० ले एक स्कुटर मात्र होइन, शैली, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलन प्रस्तुत गर्ने एउटा पूर्ण सोचको प्रतिनिधित्व गर्ने कम्पनीको दाबी छ ।
१५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषताहरु सहितको यो नयाँ टेक–फ्रेंड्ली जुपिटर ११० नेपालका उपभोक्ताहरुका बदलिँदो रोजाइअनुसार तयार गरिएको नयाँ टेक्नोलोजीमा आधारित स्मार्ट स्कुटर हो ।
स्कुटरमा डुअल हेल्मेट अन्डर–सिट स्टोरेज (३३ लिटर स्टोरेज), अगाडिबाट इन्धन भरिने सुविधा र फराकिलो फुटबोर्ड स्पेस छ । यस्तै सुरक्षाका लागि रोपेटल डिस्क ब्रेक, टर्न सिग्नल ल्याम्प रेष्ट इमर्जेन्सी ब्रेक वार्निङ, ह्याजार्ड ल्याम्प र मेटल÷म्याक्स बडी छ । साथै स्कुटरमा रहेको लामो सिटसहितको बडी ब्यालेन्स २.० प्रविधिले सवारी नियन्त्रण र आराममा सुधार गर्ने कम्पनीको दाबी छ । फाइन्ड मी सुविधा, फलो मी हेडल्याम्प र सहज प्रयोगयोग्य अटो क्यान्सल हुने टीएसएल सुविधा पनि रहेको बताइएको छ ।
त्यसैगरी, टीभीएस स्मार्ट टीएम ब्लुटुथ जडान भएको डिजिटल क्लस्टर– कल, एसएमएस, नेभिगेसन र भ्वाइस असिस्टसहित डिस्ट्यान्स टु इम्पिटीलगायतका धेरै विशेषताहरू छन्, जसले सवारीलाई अझ सुविधाजनक, भरपर्दो र चिन्तारहित बनाउँछ ।
साहिल अग्रवाल र अखिल गुप्ता, जगदम्बा मोटर्सका प्रतिनिधिहरूले उद्घाटनमा भने, ‘टीभीएससँग हाम्रो सहकार्य मजबुत हुँदै गएको छ यो सहकार्य उच्च गुणस्तरीय उत्पादन र उत्कृष्ट ग्राहक सन्तुष्टिमा आधारित छ । नयाँ टीभीएस जुपिटर–११० मा सुरक्षादेखि लिएर सुविधा, प्रविधि र टिकाउपनमा नयाँ उचाइ दिएको छ । हामी विश्वस्त छौं कि नेपाली ग्राहकहरूले यो स्कुटरलाई अत्यधिक मन पराउनेछन् ।’
टीभीएस जुपिटर–११० प्रदर्शन र प्रविधिमा ११३.३ सीसी सिंगल सिलिन्डर, ४–स्ट्रोक इन्जिनबाट सञ्चालित, ६५०० आरएमपीमा ५.९ किलोवाट पावर र ५००० आरएमपी मा आईजीओ असिस्टसहित ९.८ एनएम टर्क र आईजीओ असिस्टबिना ९.२ एमएम टर्क उत्पन्न गर्छ ।
नयाँ टीभीएस जुपिटर–११० इन्जिन र गो असिस्ट प्रविधिले १० प्रतिशतभन्दा बढी माइलेज र अझ राम्रो पिक–अप सुनिश्चित गर्छ । फ्रन्ट फ्युल फिल, लामो सिट, फराकिलो लेग स्पेस र बडी ब्यालेन्स टेक्नोलोजीले दिन्छ ।
यो स्कुटरको सुरुआती मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ तोकिएको छ । यो डिस एक्सआईएससी भेरियन्टमा सम्पूर्ण टीभीएस शोरूमहरूमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

