CLI

पाण्डेको नेतृत्वमा उद्योग परिसंघको नयाँ कार्यसमिति चयन

काठमाडौं । निर्माण उद्योगी वीरेन्द्रराज पाण्डे नेपाल उद्योग परिसंघको अध्यक्षमा चयन भएका छन् । परिसंघको २२ औं वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे विधानअनुसार स्वत: अध्यक्ष निर्वाचित भएका हुन् ।

उनी नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । कृषि, हरित सामग्री र शिक्षा क्षेत्रमा पनि सक्रिय उनी सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणका ज्ञाता हुन् । बुधबार अध्यक्ष निर्वाचित भएसँगै पाण्डेलाई परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले पदभार हस्तान्तरण गरेका छन् ।

यस्तै परिसंघको वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । परिसंघमा सात जना उपाध्यक्ष हुने गरेकोमा उनीहरु पनि सर्वसम्मत चयन भएका हुन् । सभाले उपाध्यक्षहरुमा राजबहादुर शाह, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारीलाई चयन गरेको हो ।

सदस्यहरुमा गोपाल कुमार अग्रवाल, मिलन बाबु मल्ल, परासी अग्रवाल, राहुल कुमार अग्रवाल, वरुण कुमार तोदी, दिपक कुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाण कुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमित कुमार बेगानी, गौरव शारडा, दिलिप अग्रवाल, यश अग्रवाल, सन्दिप शारडा, राजीव गुप्ता निर्वाचित भएका छन् । यसैगरी सञ्जीव न्यौपाने, हेम राज ढकाल, अनुराग गोयल, ध्रुव रिजाल, संजय गोल्छा, वर्षा श्रेष्ठ, राज बहादुर शाह, विदुषी राणा, लक्ष्मी प्रसाद सुवेदी, आशीष जजोडिया, पम्फा धमला, मनिष कुमार खेम्का, आशिष गर्ग, सेवा पाठक, गोकुल भण्डारी, वसन्त बहादुर चन्द, चन्द्र टण्डन निर्वाचित भएका छन् ।

Leave Your Comment

Related News