निर्माण व्यवसायीको ३० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी

काठमाडौं । अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरुको रकम भुक्तानी गरेको जनाएको छ । मन्त्रालयका अनुसार अघिल्लो वर्षको दायित्व ३० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरेको हो । यो सँगै निर्माण क्षेत्रको भुक्तानी समस्या समाधान भएको मन्त्रालयका उच्च अधिारीहरुले बताएका छन् ।

मन्त्रालयका अधिकारीहरुले चालु आर्थिक वर्षमा निजी क्षेत्रलाई पूर्ण महत्व दिएको बताएका छन् । उनीहरुले चालु आर्थिक वर्षमा निजी क्षेत्रको गुनासा तथा मागहरु सुनुवाइ गरेको बताएका छन् । यसरी निजी क्षेत्रको समस्या समाधान गर्दा उनीहरुको सरकारप्रति आत्मविश्वास बढेको बताइएको छ ।
मन्त्रालयले निजी क्षेत्रमा कर्जा प्रवाह बढेको जनाकारी दिएको छ । चालु आर्थिक वर्षको जेठसम्म निजी क्षेत्रमा कर्जा प्रवाह ८.७ प्रतिशत रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा ५.६ प्रतिशत रहेको थियो ।

मन्त्रालयले निर्माणको क्षेत्रको समस्या समेत समाधान गरेको जनाएको छ । निर्माण प्रक्रिया अन्तर्गत पर्ने बहुवर्षीय ठेक्का प्रक्रियालाई व्यवस्थित र कार्यान्वयन योग्य बनाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार