CLI

शुक्रबारका लागि बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं। काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ । मेयर बालेन्द्र साह (बालेन) ले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् ।

मेयरको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ ।

त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

कानुनी औपचारिकता पूरा भए २ बजेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ ।

सोही कार्यपालिकाले नगर सभाको मिति तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी समेत गरिएको महानगरका एक अधिकारीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो ।

Leave Your Comment

Related News