नेप्से पुन: संरचनाको प्रस्ताव अर्थ मन्त्रालय पुग्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनः सरचनाको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । नेप्सेले गरेको अध्ययन प्रस्ताव अर्थ मन्त्रालय पुगेको सूचना अधिकारी मुराहरी पराजुलीले बताए ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सूचना अधिकारी पराजुलीले उक्त जानकारी दिएका हुन् । उनले नेप्सेले कसरी नेप्से पुनः संरचना गर्ने भन्ने विषयमा अध्ययन गरी अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी दिए ।

उनले लामो समयदेखि अर्थ मन्त्रालयको चाहना बमोजिम नेप्से पुनः संरचना गर्नुपर्ने विषय उठान भएको र त्यसलाई अघि बढाउने क्रममा मन्त्रालयमा पेस गरिएको बताए । उनले भने, ‘अहिले आएर यो विषयले बढी नै चर्चा पाएको छ । यो विषय सरकारको नीति तथा कार्यक्रम र बजेटमा पनि आएको छ । हामीले कसरी नेप्से पुनः संरचना गर्ने भन्ने संरचनाको अध्ययन प्रस्ताव प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएका छौँ ।’

सूचना अधिकारी पराजुलीले नेप्सेले पठाएको प्रस्तावलाई मन्त्रालयले स्वीकृति दिए पछि मात्र दोस्रो चरणको प्रक्रियामा लैजाने बताए । ‘मन्त्रालयले प्रतिवेदन अध्ययन गरी कस्तो प्रतिक्रिया आँउछ ? त्यस अनुरुप नेप्से अघि बढ्ने छ,’ उनले भने ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चूडामणि चापागाईंले विश्वभर समान्यतया पाएको प्रणाली ल्याएर नेप्से पुनः संरचना गर्नुपर्ने बताए । उनले नेप्से नयाँ प्रविधिसहित पुनः संरचना गर्न सकिए पुँजीको वृद्धि र संरचना पनि परिवर्तन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार