आज पनि बढ्यो शेयर बजार, दोहोरो अंकले नेप्से बढ्दा सवा २ अर्बले बढ्यो कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार बढे सँगै बुधबार सहित दुई दिन शेयर बजार बढेको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.५५ अंकले बढेर ४७२.०२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.२७ र सेन्सेटिभ फोल्ट इन्डेक्स २.६७ अंकले बढेको हो ।

बिहीबार ३१२ वटा कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार पुगेको छ । जुन बुधबारको तुलनामा २ अर्ब २३ करोड ६ लाख ११ हजारले बढी हो ।
बुधबार ३१६ वटा कम्पनीको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार पुगेको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४५ खर्ब ५१ अर्ब ५७ करोड २८ लाख पुगेको छ । बुधबार भने उक्त रकम ४५ खर्ब ८ अर्ब ४२ करोड ८२ लाख पुगेको थियो ।

यसदिन १६१ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ८७ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ११ वटा उपसमूह बढ्दा २ वटा उप समूह घटेको छ । बैंकिङ ४३, विकास बैंक ६३, वित्त १३, होटल र पर्यटन १०, लगानी ०.४०, जीवन बीमा २६, उत्पादन र प्रशोधन ३३,लघुवित्त ७१, म्युअुचल फण्ड ०.१६, निर्जीवन बीमा ३५ र अन्य समूह ४.२१ अंकले बढ्दा जलविद्युत ८ र व्यापार २२ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड, बुटवल पावर कम्पनी, सानिमा विकास बैंक, सप्तकोशी विकास बैंक र सीइडीबी होल्डीङस लिमिटेड रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको ५७ करोड ५ लाख, बुटवल पावर कम्पनीको ३२ करोड ७३ लाख, सानिमा विकास बैंकको २६ करोड ३४ लाख, सप्तकोशी विकास बैंकको १९ करोड ८५ लाख र सीइडीबी होल्डीङस लिमिटेडको १९ करोड ८३ लाख बराबर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार