यातायात मन्त्रालयका अधिकृत पाडेलविरुद्ध छ करोड २६ लाख भ्रष्टाचार मुद्दा

काठमाडौं । गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत (आठौँ तह) झलक शर्मा पौडेलविरुद्ध ६ करोड २६ लाख ९३ हजार रुपैयाँको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा एक महिनादेखि तीन महिनासम्मको कैद, १० हजार रुपैयाँसम्म जरिवाना र बिगो जफतको मागसहित मुद्दा दायर गरेको हो अनुसन्धानका क्रममा पौडेलले २०५४ माघ ८ गतेदेखि २०८० मङ्सिर १० गतेसम्मको अवधिमा तलब, भत्ता, सापटी, कृषि आय, जग्गा बिक्रीबाटको आयलगायतबाट ३ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको देखिएको थियो ।

तर जाँच अवधिमा व्ययतर्फ घरजग्गा खरिद, निर्माण र परिवारका नाममा विभिन्न बैंक खातामा रहेको रकम तथा अन्य खर्च हेर्दा ९ करोड ६६ लाख रुपैयाँ खर्च भएको देखिएको थियो । जाँच अवधिमा ६ करोड बढी सम्पत्तिको स्रोत पुष्टि नभएपछि सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी अवैधानिक सम्पत्ति आर्जन गरेको आरोपमा उनी विरुद्ध मुद्दा दायर भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार