काठमाडौं । नेपाल स्टक एक्चेन्जले खानिखोला हाइड्रोपावर कम्पनीको शेयर मुल्य समायोजन गरेको छ । कम्पनीले यसअघि १.१ का दरले हकप्रद शेयर जारी गरेको थियो । हकप्रद शेयर जारी पश्चात कम्पनीको शयर मूल्य समायोजन भएको हो ।
यस अघि कम्पनीको प्रतिशेयर मूल्य ४ सय २९ रुपैँया ११ पैसा रहेकोमा समायोजन पश्चात कम्पनीको प्रतिशेयर मुल्य २ सय ६४ रुपैँया ५६ पैसा भएको छ । अब हुने कारोबारको दिनमा कम्पनीको शेयर मुल्य समायोजन पश्चातको मूल्यमा कारोबार सुरु हुनेछ ।

