प्रशासकीय अधिकृत गुरागाइँ विदामा बसेपछि कामपाको कार्यपालिका बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत र मेयरबीचको विवादका कारण बस्न नसकेकाे काठमाडाैँ महानगरपालिकाको कार्यपालिका बैठक आज शुक्रबार बस्दैछ।

महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आब्हान गरेका हुन् । सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बसाउने छिन् ।

कानुनी तथा औपचारिकता पूरा भए दिउँसो २ः०० बजेको कार्यपालिका बैठक बस्ने र सोही बैठकले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक बर्ष २०८२-८३ को बजेट नगर सभामा पेस गरिनेछ ।

सोही कार्यपालिकाले नगर सभा बैठकले मिति नै तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी मेयर साहले गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत सराेज गुरागाँइ र मेयर बालेन साहबीचको विवादका कारण महानगरको बजेट आउन सकिरहेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार