घर कर्जाको सीमा ३ करोड पुराइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्‍याइएको घोषणा गरे । यसअघि यस्तो कर्जा सीमा २ करोड रहेकोमा सोमा वृद्धि गरेको हो ।

त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ । यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ । अब मूल्यांकनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिनेछ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर  पौडेलले उक्त कुरा बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार