आजदेखि बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने भएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित दरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।जसमध्ये पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र २ लाख ७ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन तथा बिक्री वितरण गर्न लागिएको हो ।

आईपीओ खरिदका लागि न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्ममा आवेदन दिन सकिनेछ ।

आजदेखि आयोजना प्रभावितका बासिन्दाले छिटोमा साउन ११ र ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार