सिद्धार्थ बैंकको १० वर्षे अवधिको ऋणपत्र आजदेखि बिक्री खुला

काठमाडौं । सिद्धार्थ बैंकको साढे २ अर्बको ऋणपत्र (डिबेन्चर) मा आजदेखि आवेदन दिन सकिनेछ ।  बैंकले ७.२५ प्रतिशत ब्याजदर भएको १० वर्ष अवधिको ऋणपत्र जारी गरेको हो ।

सिद्धार्थ बैंकले १ हजार अंकित मूल्यका २५ लाख ऋणपत्र जारी गर्न लागेकोमा त्यसमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड ऋणपूँजी व्यक्तिगत तबरबाट बिक्री गर्न लागेको हो ।

४० प्रतिशत अर्थात १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ऋणपूँजी रकम (५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टयाइएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गर्न  लागिएको हो ।

ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्ता र अधिकतम् २५ लाख कित्तासम्म आगामी साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार