५८ लाख ६० हजार कित्ता आईपीओ जारी गर्दै बन्दिपुर केवलकार

काठमाडौं । बन्दीपुर केवलकारले ५८ लाख ६० हजार कित्तँ प्रारम्भिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी २ अर्ब ४३ करोड रुपैयाँको २०.७३ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी साउन ६ गतेदेखि आवेदन दिन सक्नेछन् । कम्पनीले ५ लाख ६६ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा र भानु नगरपालिकाको वडा १ तथा गोरखाको पालुङ्गटार ७ का बासिन्दाका लागि छुट्याएको छ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।

आईपीओमा आयोजना प्रभावित बासिन्दाले आगामी साउन ६ गतेदेखि छिटोमा साउन २० र ढिलोमा भदौ ४ गतेसम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन २० गतेभित्र आवेदन बुझाइसक्नुपर्नेछ ।

आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार