प्रधानमन्त्री ओलीको एक वर्ष: ‘लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको सोमबार एक वर्ष पूरा भएको छ । गत वर्ष असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्यका लागि सात बुँदे सहमति भएपछि ओली नेतृत्वमा नयाँ सरकार बनेको थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्दै मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ। यस बीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ ।’

उनले टाइमलाइन (समयावधि) तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि नभएको दाबी गर्दै अहिले त्यसको सुरुवात भएको बताए । नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरू संशोधन भएको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

‘तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ । गर्नुपर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ,’ उनले थप लेखेका छन् ।

प्रधानमन्त्री ओलीले सरकार गठनको एक वर्षमा देशका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको र राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको दोहोर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार