नेपाल इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर बापत्को २४ लाख ६६ हजार ३६२ दशमलव ९१ कित्ता शेयर आइतबार नेप्सेमा सूचीकृत गराएको हो ।

बोनस शेयर सूचीकृतपछि कम्पनीको कुल शेयर संख्या २ करोड ५४ लाख ८५ हजार ७५१ कित्ता पुगेको छ । यस कम्पनीले बीमा समितिले तोके बमोजिम चुक्तापूँजी कायम गरेको हो । कम्पनीले २०८१ साल चैत १९ गते सम्पन्न ७६औं वार्षिक साधारण सभाबाट यो बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।

बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश समेत कम्पनीले वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सोमबारदेखि कारोबारयोग्य हुने यी बोनस शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । लाभांश प्रयोजनका लागि चैत ७ गते एक दिन बुक क्लोज गरिएको थियो । बुक क्लोजको दिनभन्दा अघिल्ला कारोबार दिन चैत ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो बोनस शेयर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार