काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ।
जुन आइतबारको तुलनामा तोलामा छापावाला सुन प्रतितोला ४०० रुपैयाँले बढी हो ।
आइतबार छापावाला सुन प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।


