CLI

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले आज उक्त प्रतिवेदन नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेललाई बुझाएको हो ।

बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य एवम् नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव रहने राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको थियो । कार्यदलले गभर्नरलाई असार २४ गते गते प्रारम्भिक प्रतिवेदन बुझाएकोमा आज अन्तिम प्रतिवेदन बुझाएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

Leave Your Comment

Related News