काठमाडौं । लुम्बिनी विकास बैंकले एक लाख ४ हजार ८१५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
दुई संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिएपछि बैंकले गत जेठ २२ गते सूचना जारी गरी विद्यमान संस्थापक शेयरधनीका लागि उक्त शेयर खुला गरेको थियो । तर विद्यमान शेयरधनीले निवेदन नदिएपछि उक्त शेयर सर्वसाधारण व्यक्ति र कम्पनीका लागि खुला गरिएको हो ।
इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

