काठमाडौं । चितवनको भरतपुर नगरपालिकास्थित सिमतालबाट ट्रक त्रिशूली नदीमा खसेको छ ।
यूपी ३२ जेड एन ७८८३ भारतीय नम्बरप्लेटको ट्रक सडकबाट ८० मिटर तल खसेको हो ।
घाइते ट्रक चालक आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंहको उद्धार गरी भरतपुर अस्पतालमा उपचार भैरहेको चितवन प्रहरीले जनाएको छ ।

