असार अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । असार महिनाको अन्तिम दिन बुधबार सुनचाँदीको मूल्य ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । जुन मंगलबारको तुलनामा १३०० रुपैयाँले कम हो ।

यसअघि, मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम रहेको थियो ।

महासंघका अनुसार बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला २ हजार २६५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ तोलाको २ हजार २७५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार