सिद्धार्थ बैंकको १० वर्षे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंकले असार २९ गते आइतबारदेखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गरेको छ। लगानीकर्ताहरूले यस ऋणपत्रमा बुधबार अर्थात् आजसम्मम मात्र आवेदन दिन सक्नेछन्।

उक्त ऋणपत्र १० वर्षे अवधिको ऋणपत्र हो। ऋणपत्रको कुल निष्कासित रकम २ अर्ब ५० करोड रुपैयाँ रहेको छ।

सार्वजनिक निष्कासन भएको कुल रकममध्ये १ अर्ब रुपैयाँ सामूहिक लगानी कोष र सर्वसाधारणका लागि छुट्याइएको छ। ऋणपत्रका लागि लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ।

यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७.२५ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। यो ब्याजदर हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिइरहेको औसत ६ प्रतिशत ब्याजदरभन्दा बढी हो।

यदि सो अवधिसम्म सम्पूर्ण ऋणपत्र बिक्री नभएमा, साउन ११ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ।

यस ऋणपत्रलाई इक्रा नेपालले बीबीबी प्लसरेटिङ प्रदान गरेको छ, जसले यसलाई मध्यमस्तरको जोखिम मानिन्छ। यो ऋणपत्र दोस्रो बजारमा पनि कारोबारमा आउनेछ, जसले तरलता प्रदान गर्दछ। लगानीकर्ताले आवश्यकता परेमा अन्य बैंकमा धितो राखेर ऋण सुविधा समेत प्राप्त गर्न

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार