वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाए

काठमाडौं । वाणिज्य बैंकहरुले साउनका ब्याजदर घटाएका छन् । असारको तुलनामा बैंकहरुले साउनका औषत ब्याजदर घटाएका हुन् ।

असारको तुलनामा साउनमा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने औषत ब्याजदर ०.२०४५ प्रतिशतले घटेको छ ।

असारमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.९०२ प्रतिशत थियो । यो साउनमा ५.६९७५ प्रतिशतमा झरेको छ।

२० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले असारको तुलनामा साउनमा ब्याजदर घटाएका छन्। भने दुई बैंकले ब्याजदर बढाउँदा चारले स्थिर राखेका छन् ।

ब्याजदर स्थिर राख्ने बैंकहरुमा माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंक छन् ।

असारको तुलनामा साउनमा प्रभु बैंकले सर्वाधिक ब्याजदर घटाएको छ । बैंकले मुद्दति निक्षेपमा १.८५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। बैंकले असारमा ६.१ प्रतिशतसम्म ब्याज दिइरहेको थियो । साउनमा यो घटेर ४.२५ प्रतिशतमा झरेको छ।

साउनका लागि व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज स्ट्याडर्ड चार्टर्ड बैंकले दिन्छ । बैंकले यस्तो निक्षेपमा अधिकतममा ६.२६ प्रतिशतसम्म ब्याज दिनेछ।

निक्षेपको ब्याजदर सबैभन्दा बढी बढाउने बैंकको रुपमा हिमालयन बैंक रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधितकम ब्याजदर ५.५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्याएको छ ।

साउनका लागि वाणिज्य बैंकहरुको ब्याजदर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार