मन्जुश्री फाइनान्सद्वारा कोहलपुर नगरपालिकालाई स्वास्थ्य उपकरण सहयोग

काठमाडौं । मन्जुश्री फाइनान्सको नेपालगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोहलपुर नगरपालिकालाई नगर स्वस्थ्य प्रवर्द्धन केन्द्र संचालन गर्न करिब १ लाख बराबरको स्वास्थ्य उपकरण तथा केमिकल्स ब्यबस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

सो कार्यक्रममा मन्जुश्री फाइनान्सलाई प्रतिनिधित्व गर्दै नेपालगंज शाखाकी कार्यालय प्रमुख स्नेहा भुसालले नगरपालिकालाई सो सामग्री वितरण गरेका हुन् । आफ्ना विभिन्न शाखाहरु मार्फत मन्जुश्री फाइनान्सले सामाजिक दायित्व पुरा गर्दै आएको छ । आगामी दिनहरुमा पनि समाजको उन्नतिको लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बैंकले जानकारी दिएको छ ।

मन्जुश्री ले हालसम्म रु २२ अर्व निक्षेप संकलन गरि करिब १८.२ अर्व कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार