आर्थिक वर्षको अन्तिम दिन नेप्सेसँगै बढ्यो कारोबार रकम

काठमाडौं । आर्थिक वर्षको अन्तिम दिन शेयर बजार बढेको छ । मंगलबार दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज, नेप्से चालु आर्थिक वर्षको अन्तिम दिन बुधबार पनि दोहोरो अंकले बढेको हो ।

साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.८६ अंकले बढेर ४८९.२७ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स २.६६ र सेन्सेटिभ फोल्ट इन्डेक्स २.८२ अंकले बढेको हो ।

बुधबार ३३० वटा कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम रकम १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार बराबर कारोबार भएको छ ।

यसदिन बजार पुँजीकरण रकम ४६ खर्ब ५६ अर्ब ९८ करोड ९३ लाख पुगेको छ ।

बुधबार १९३ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन १२ वटा समूह बढ्दा १ वटा समूह घटेको छ । बैंकिङ २४, विकास बैंक २२१, वित्त १९, होटल र पर्यटन ४१, जलविद्युत ४६, लगानी ०.५९, जीवन बीमा ८८, उत्पादन र प्रशोधन १०१, लघुवित्त ९५, म्युअुचल फण्ड ०.३१, निर्जीवन बीमा २३१ र अन्य समूह ८ अंकले बढ्दा व्यापार ८ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी, सानिमामाई हाइड्रोपावर, लम्बिुनी विकसा बैंक र साहस उर्जां कम्पनी रह्यो । राधी विद्युत कम्पनीको ६१ करोड ८७ लाख, सानिमामाई हाइड्रोपावरको ५६ करोड ६९ लाख, लम्बिुनी विकास बैंकको ३४ करोड २५ लाख र साहस उर्जां कम्पनीको ३३ करोड ७३ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार