काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१\८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । अर्थ मन्त्रालयको विवरणअनुसार यो रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा ११.३३ प्रतिशतले बढी हो ।
सरकारले संकलन गरेको. कुल राजश्वमा भन्सार विभागबाट ४ खर्ब ७२ अर्ब ४१ करोड, आन्तरिक राजश्व विभागबाट ५ खर्ब ७७ अर्ब ४६ करोड र अन्य राजश्व(गैरकर)बाट १ खर्ब २८ अर्ब ९४ करोड संकलन भएको छ । यो राजश्व संकलन वार्षिक लक्ष्यको तुलनामा ८३.०६ प्रतिशतले बढी हो ।
सरकारले आर्थिक वर्ष २०८१/८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसलाई अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य निर्धारण गरिएको थियो । असार मसान्त सम्म सरकारले संकलन गरेको राजश्व संशोधित लक्ष्य अनुसार सरकारले संकलन गरेको राजश्व ९१.६० प्रतिशत हो ।

