काठमाडौं ।एन आई सी एशिया बैंकका कर्मचारी र ग्राहकले नगरकोट सामुदायीक होमस्टेमा सेवालिएमा विशेष छुट पाउने भएका छन् । सो छुट लिने दिन सम्बन्धमा बैङक नगरकोट सामुदायीक होमस्टेबीच सम्झौता भएको छ । अब बैंकका ग्राहकले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायीक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।
चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायीक होमस्टेको सेवा लिई ग्राहकले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (MoBank) एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्ने बैङ्कले उल्लेख गरेको छ । वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको बैंक र नगरकोट सामुदायीक होमस्टेबीचको यस साझेदारीले ग्राहकलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुने साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

