काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो कारोबारको दिन सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । यो सँगै बिहीबारको लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने छापावाला सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला २ हजार २६५ रुपैयाँ तोकिएको छ , बुधबार पनि सोहि मूल्यमा खरिदबिक्री भएको थियो ।

