पत्रकार सम्मेलन गर्दै भूमि मन्त्री बलराम अधिकारी, घुस प्रकरणमा देलान् जवाफ ?

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पत्रकार सम्मेलन गर्दैछन्। पत्रकार सम्मेलन बिहीबार दिउँसो ३ बजे मन्त्रालयमा हुनेछ।

सम्मेलनमार्फत मन्त्री अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को उपलब्धि सार्वजनिक गर्दैछन्। अधिकारीले मन्त्रीका रूपमा कार्यसम्पादन गरेको एक वर्ष पुगेको छ। उनले सम्मेलनमार्फत एकवर्षे उपलब्धि सार्वजनिक गर्न लागेका हुन्।

त्यसो त मन्त्री अधिकारी घुस लिएको अडिओ प्रकरणमा मुछिएका छन्। ३२ लाख रुपैयाँ घुस बुझेको अडिओ कुराकानी मंगलबार सार्वजनिक भएको थियो ।

उनले आफ्नो नाम जोडिएको अडिओ काण्डका विषयमा जवाफ दिने समेत बताइएको छ ।

सार्वजनिक अडिओ कुराकानीमा मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर हडप्न ३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको छ।

एमाले नेता खेमबहादुर पुनलाई भूमि आयोग, कास्कीको अध्यक्ष नियुक्त गर्ने र मालपोत कार्यालय, कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्ने भूमाफियाको योजनाअन्तर्गत भएको कुराकानी अडिओमा छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार