काठमाडौं । लचक मौद्रिक नीति तथा बजेट कार्यान्वयनमा आएसँगै चालु आर्थिक वर्षको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७९.८२ अंकले बढेर २८७४.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.८३ अंकले बढेर ५०१.१० विन्दुमा पुगेर बन्द भएको छ ।
अपरिष्कृत विवरण अनुरुप बिहीबार ३१० वटा कम्पनीको ३ करोड ५९ लाख ३९ हजार ९३९ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम रकम १६ अर्ब ५९ करोड २१ लाख ५ हजार बराबर कारोबार भएको छ । आज सार्वधिक कमाउने कम्पनीहरुमा ट्रेड टावर, शुवमा पावर र थ्रिस्टार हाइड्रो रह्यो ।
मार्जिन प्रकृतिको शेयर धितो कर्जा सीमा २५ करोड आयो कार्यान्वयनमा

