काठमाडौं । शेयर बजारका लागि लचिलो बजेट र मौद्रिक नीतिका कारण चालु आर्थिक वर्षको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.२२ अंकले बढेर ५००.४९ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ५.०६ र सेन्सेटिभ इन्डेक्स ३.७९ अंकले बढेको हो ।
बिहीबार ३११ वटा कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम रकम १६ अर्ब ५९ करोड २१ लाख ५ हजार बराबर कारोबार भएको छ । जुन बुधबारको तुलनामा २ अर्ब ५५ करोड ७२ लाख ६६ हजारले बढी हो । बुधबार ३३० वटा कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम रकम १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार बराबर कारोबार भएको थियो ।
यसदिन बजार पुँजीकरण रकम ४७ खर्ब ८३ अर्ब ३७ करोड ६० लाख पुगेको छ । बुधबार भने बजार पुँजीकरण रकम ४६ खर्ब ५६ अर्ब ९८ करोड ९३ लाख पुगेको थियो ।
बुधबार १९३ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन १२ वटा समूह बढेको छ भने १ वटा स्थिर रहेको छ । बैंकिङ २७, विकास बैंक ११६, वित्त ७२, होटल र पर्यटन १८१, जलविद्युत १११, लगानी ४, जीवन बीमा ४१७, उत्पादन र प्रशोधन २१६, लघुवित्त १३१, निर्जीवन बीमा २७९, व्यापार ७३ र अन्य समूह १२० अंकले बढेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स, बुटवल पावर कम्पनी, राधी विद्युत कम्पनी, सानिमामाई हाइड्रोपावर र ङादी ग्रुप रह्यो । नेपाल रिइन्स्योरेन्सको ८४ करोड ४२ लाख, बुटवल पावर कम्पनीको ६० करोड ६८ लाख, राधी विद्युत कम्पनीको ५६ करोड ७४ लाख, सानिमामाई हाइड्रोपावरको ४२ करोड ६१ लाख र ङादी ग्रुपको ४१ करोड १७ लाख बराबर कारोबार भयो ।

