काठमाडौं । धुलिखेल-खावा खण्डको चार किलोमिटर सडक बनाउन नयाँ टेन्डर आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले सडक विस्तारको लागि १४ महिनाको अवधि तोकेर ठेक्का खुलाएको हो । यसअघि २०८० चैत मसान्तसम्म सक्ने गरी २०७९ सालमा गौरी पार्वती कन्स्ट्रक्सन सेवाले २० करोड १९ लाख रुपैयाँको ठेक्का सम्झौता गरी काम सुरू गरिएको थियो । पटक-पटक म्याद थपे पनि सडक निर्माण गर्न ठेकेदारहरूले आनाकानी गरेपछि गएको फागुनमा ठेक्का तोडिएको थियो ।
सोही काम र सडक पुरा गर्न सडक डिभिजनले नया निर्माण सम्पन्न गर्ने मिति तोकेर ४२ करोडको टेण्डर खुलाएको हो । यो सडक बथ।काएर छोडेका कारण दैनिक जनजीवनमा यात्रा गर्ने यात्रु पिडित बनेका थिए । यो सडकको बिषयामा संसदमा पनि पटक पटक बहस हुने गरेको छ ।

