काठमाडौं । बिक्रिमा रहेको हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको संस्थापक शेयर बिक्री आफ्नो लनानी रहेको हिमालयन रि इन्स्योरेन्स मार्फत आफु र आफ्नो समुहको नाममा हत्याउने ध्याउन्नमा विचौलिया दीपक भट्ट रहेका छन् । उनले सो शेयर आफुले खरिद गर्ने गरि गभर्नर पौडेललाई मनाएका छन् । यो खेलसँगै हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर हाल कायम योग्य संस्थापक लगानीकर्ताले सो शेयर खरिद गर्न नदिने प्रपञ्च रचिएको छ । योग्य लगानीकर्ताले सो शेयर खरिद गर्ने र बिचौलियाको हातमा सो शेयर जान नदिन गभर्नर पौडेलले लागि कुनै पहल गरेका छैनन् । विवादित बनिसकेपछि नियामकीय निकाय नेपाल राष्ट्र बैङ्क यसलाई रोक्न लाग्नु पर्नेमा राष्ट्र बैंक मौन बसिदिँदा गभर्नर पौडेल पनि विचौलियाकै पक्षमा रहेको आशका बढेको छ ।
वर्षौदेखि हविब बैंकको शेयर खरिद गर्ने दाउ हेरेर बसेका विचौलिया भट्टको हातमा जान नदिन निबर्तमान गभर्नर महाप्रसाद अधिकारीले रोकेका थिए । तर उनले आफ्नो कार्यकालको अन्तिम समयमा उनले शेयर बिक्री गर्न स्वीकृति दिएर हिँडे ।
अहिले गभर्नर पौडेलले उनलाई शेयर दिनका लागि राजी भएको बताइएको छ । यसका लागि सरकारी अधिकारीबाटै गभर्नरलाई चर्को दवाव परेको बुझिएको छ ।
गभर्नर पदमा नियुक्त भएपछि पौडेलले राष्ट्र बैंक स्वयंले प्रति कित्ता शेयर १३० रुपैयाँमा बिक्री गर्न स्वीकृत दिएको हविब बैंकको शेयर प्रति कित्ता ११२ रुपैयाँमा मा बिक्री गर्ने अनुमति दिएका छन् । यसबाट राज्यले लाभकर वापत २४ करोड गुमाउनुपर्ने भएको छ ।
नेपालको पहिलो संयुक्त लगानीको हिमालय बैंकमा पाकिस्तानको हविब बैंकको साढे १२ प्रतिशत शेयर रहेको छ । लामो समयदेखि हबिबले हिमालयन बैंकबाट बाहिरिने योजना बनाएपनि विचौलियाका कारण सफल भएको थिएन । यसै कारण नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर हुने भनिएको हिमालय बैंक अन्तिम अवस्थामा आएर भाँडिएको थियो ।
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हविब बैंकको शेयरको मूल्य प्रति कित्ता १३० रुपैयाँमा बिक्री गर्न स्वीकृति दिएका थिए । तर, त्यतिबेला दीपक भट्टको हिमालय रि इन्स्योरेन्सले उक्त शेयर खरिद गर्न सकेन । सेयर बिक्री गर्दा सबै प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने भए पनि यो समूहले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) नियामकीय निकाय सँग मिलेमतो गर्दै अगाडि बढिरहेको छ ।
गत जेठ ३०मा हिमालयन बैंकले पाकिस्तानको हबिब बैंकको स्वामित्वमा रहेको दुई करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखेको थियो । बिक्रिमा रहेको शेयर खरिद गर्ने पहिलो प्राथमिकता संस्थापक सेयरधनीको हुने कानूनी व्यबस्था रहेको छ । प्रतिकित्ता ११२.८ रुपैयाँ मूल्य तोकिएको शेयरमा संस्थापन शेयरधनीले आवेदन दिने मिति २ साउनसम्म रहेको छ ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीले शेयर खरिदको लागि आवेदन नदिएमा अन्य व्यक्ति वा संस्थालाई सेयर बेच्न पाउने व्यवस्था छ । तर हाल कायम संस्थापकलाई सेयर खरिद गर्न रोक्न भट्ट र उनको समूह हात धोएर लागेको छ । बैंकको संस्थापक सेयरधनीमध्येको एक कर्मचारी सञ्चय कोष व्यवस्थापनले हबिबको सेयर किन्ने इच्छा देखाएको छ । तर त्यसका लागि कोषको अध्यक्षको रूपमा रहने राजस्वसचिव दिनेश घिमिरेले सेयर किन्ने निर्णय गर्न सकेका छैनन् । भट्टको पक्षमा माहोल बनाउनका लागि उनीमाथि पनि दवाव रहेको स्रोत बताउँछ । पछिल्लो समय हरेक नियुक्तिमा आफु अनुकुल गराउन सफल भएको भट्ट समूहमा सो शेयर जान नदिन सरकारले कुनै पहल गर्न सकेको छैन ।
हाल कायम शेयर धनीलाई बिक्रिमा रहेको हिमालयन बैङ्कमा रहेको हबिबको शेयर खरिद गर्नबाट रोकि हिमालयन रिइन्स्योरेन्सले लगानी गरि भट्ट समूहले सो सेयर लिने योजनामा रहेको छ । विचौलिया भट्टले सरकारी अधिकारीहरूलाई पनि यसबारे मनाइसकेको स्रोत बताउँछ ।
यसअघि पनि हबिबले हिमालयन बैंकमा रहेको आफ्नो संस्थापक सेयर बिक्री गर्ने प्रयास गरेको थियो । तर, चलखेलले नै यसलाई सफल हुन दिएको थिएन । सिभिल बैंकसँग मर्ज हुनुअघि २०७६ साल जेठमा हिमालयन बैंकको सेयर लन्डनको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सिडिसी)ले खरिद गर्ने इच्छा देखाएकोमा बैंकका सञ्चालकहरूबिच विवाद हुँदा सेयर बिक्री प्रयास असफल भएको थियो ।

