ट्राफिकले ‘चिट’ काटेको चित्त नबुझे कस्तो कानुनी उपचार खोज्न  ?

काठमाडौं । ट्राफिक प्रहरीले गरेको कारबाही वा जरिवानामा चित्त नबुझे नागरिकहरुले त्यसको कानुनी उपचार खोज्न सकिन्छ । गल्ती नै नगरेको अवस्थामा ट्राफिकले जान वा अनजानमा जविरवाना गरेमा कानुनी उपचार खोज्न सकिने सरकारले नै व्यवस्था गरेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुरुप कानुनी उपचार खोज्न सकिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार, ट्राफिक प्रहरी वा यातायात निरीक्षकले गरेको निर्णय वा सजायमा चित्त नबुझेमा दुई निकायमा पुनरावेदन गर्न सकिन्छ:

१. यातायात व्यवस्था विभागमा पुनरावेदन:

ऐनको दफा १७१ उपदफा (१) अनुसार, ट्राफिकको निर्णय वा सजाय चित्त नबुझेमा ३० दिनभित्र यातायात व्यवस्था विभागमा पुनरावेदन गर्न सकिन्छ ।

२. उच्च अदालतमा पुनरावेदन:

यदि ट्राफिकको निर्णय उपर यातायात व्यवस्था विभागले गरेको निर्णय वा आदेशमा पनि चित्त बुझेन भने उच्च अदालत समक्ष पुनरावेदन गर्न पाइन्छ।

अबदेखि ट्राफिक जरिवाना चित्त नबुझेमा यी कानुनी विकल्पहरू प्रयोग गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार