आगामी हप्ता देशैभर मनसुनी वायूको प्रभाव रहने साताको मध्य र अन्त्यमा भारी बर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम बिज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यो हप्तायो साता देशैभर मनसुनी वायूको प्रभाव रहने  छ । उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको मध्यमा थोरै स्थानहरूमा र अन्त्यमा एक-दुई स्थानमा तथा बाँकी प्रदेशमा साताको मध्यमा र अन्त्यमा एक-दुई स्थानमा भारी बर्षा/ हिमपात को पनि सम्भावनारहेको छ भने   साताको शुरू र अन्त्यमा सबै प्रदेशको केही स्थानहरुमा र मध्यमा धेरै स्थानहरू मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।

पहाडी भू-भागः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षा तथा एक-दुई स्थानमा अति भारी बर्षा र बाँकी प्रदेशमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षाको सम्भावना रहेको छ । साताको शुरू र अन्तयमा सबै प्रदेशका  पहाडी भू-भागका  केही स्थानहरूमा र मध्यमा धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्बानुमा महाशाखाले उल्लेख गरेको छ  ।

तराई भू-भागः कोशी प्रदेशमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको मध्य थोरै स्थानहरूमा तथा  अन्तमा एक-दुई स्थानमा भारी देखि धेरै भारी बर्षा र बाँकी प्रदेशमा साताको मध्य तथा  अन्तमा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यो साताको शुरु र अन्त्यमा देशभरको अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नभएतापनि साताको मध्यमा अधिकतम र न्यूनतम तापक्रम केही धट्ने सम्भावना रहेको छ ।

औसत संगको तुलना गर्दाः मध्य र पश्चिम तराईमा औसत भन्दा कम वर्षा हुने, पहाडी भू-भाग र पूर्वी तराईमा औसत आसपास र बाँकी स्थानहरूमा औसत भन्दा थोरै बढी बर्षा हुने सम्भावना रहेको छ । सबै प्रदेशमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसत भन्दा बढी रहने सम्भावना रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार