काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले साढे ३९ हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीले बिक्री गर्न चाहेको ३९ हजार ४२० कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाललाई संस्थापक शेयरधनीहरुले खरिदका लागि आवेदन दिन सक्नेगरी बिक्रीमा ल्याएको हो । इच्छुक शेयरधनीले आफूले खरिद गर्न चाहेको शेयर कित्ता उल्लेख गरी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
तोकिएको समायवधिभित्र आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।

