कामना सेवा विकास बैंकको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा र आम्दानीमा सामान्य वृद्धि

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष नाफा केही वृद्धि भएको देखिएको छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफा ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५८ करोड १८ लाखको तुलनामा ९.१९ प्रतिशतको बढी हो । नाफा वृद्धिको मुख्य कारण सञ्चालन आम्दानीमा आएको सुधार हो । खुद ब्याज आम्दानी ५.२५ प्रतिशतले बढेको छ ।

मुनाफा ६० करोड ७४ लाख रुपैयाँ पुगेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा छ भने कुल प्रतिशेयर आम्दानी १८ रुपैयाँ १० पैसामा पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो ३७ पैसाले बढी हो । यस्तै प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा र मूल्य आम्दानी अनुपात २७.६९ गुणामा रहेको छ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ५१ करोड रुपैयाँ नाघेको छ भने जगेडा कोषमा २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी रहेको देखिएको छ । असार मसान्तसम्ममा बैंकले ६२ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.१९ प्रतिशतले वृद्धि भई ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल सम्पत्ति ७१ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ६७ अर्ब १८ करोड रुपैयाँभन्दा बढी हो । निक्षेप संकलन ६२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५९ अर्ब ६ करोडभन्दा ६.४ प्रतिशतले बढी हो । कर्जा प्रवाह ४९ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार