काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रक्रियाका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई हकप्रद निष्कासनको बिक्री व्यवस्थापनको जिम्मेवारी दिएको हो।
राधी विद्युतले हाल कायम चुक्ता पुँजीको १ः०.६९८९ को अनुपातमा (अर्थात् ६९.८९ प्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने भएको छ। प्रस्तावित हकप्रदअन्तर्गत कुल १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता सेयर सर्वसाधारण सेयरधनीहरूका लागि जारी गरिनेछ।
यद्यपि, यस हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट स्वीकृति प्राप्त भइसकेको छैन। आयोगको स्वीकृति र धितोपत्र बोर्डको अनुमति प्राप्त भएपछि मात्रै कम्पनीले औपचारिक रूपमा हकप्रद सेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछ।

