CLI

एशियन ब्याट्रीजले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त

काठमाडौं । एशियन ब्याट्रीज लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पुँजी ६५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो।

यसका लागि कम्पनीले हिमालयन क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। असार ३१ गते भएको सम्झौता समारोहमा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र एशियन ब्याट्रीजका अध्यक्ष सुरेश लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सन् २०१३ देखि व्यावसायिक उत्पादन सुरु गरेको एशियन ब्याट्रीज लिमिटेडको उद्योग तथा रजिष्टर्ड कार्यालय मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका-४ मा रहेको छ। हाल यसको सम्पर्क कार्यालय ललितपुरको सानेपामा अवस्थित छ।

Leave Your Comment

Related News