वायुसेवा निगमद्वारा ५३ करोड ऋण भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असार मसान्तसम्म्को ऋणको किस्ता भुक्तानी गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाज खरिदका लागि लिएको ऋणको किस्तावापत कूल ५३ करोड ९ लाख भुक्तानी गरेको निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । यसमध्ये न्यारो बडी जहाजको पूरै र न्यारो बडी जहाजको आंशिक किस्ता तिरेको निगमले उल्लेख गरेको छ । जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षक अन्तर्गत २०८२ असार मसान्तसम्म ७ अर्ब ९२ करोड १४ लाख किस्ता रकम भुक्तानी गरिसकेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार