कालिका लघुवित्तको ३९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ४२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले निलकण्ठ उप्रेतिको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार