काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउने कुरामा सरकारले ध्यान दिइरहेको बताएका छन् । पूर्वाधार विकास समितिको आज बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधानले पनि र मन्त्रालयले पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरा गरेको भन्दै त्यसमा आफूहरू लागिरहेको उल्लेख गरे । ठाउँ ठाउँमा लिफ्टको व्यवस्था गर्ने, आकाशे पुल बनाउने कुरामा मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको बताए ।
एडभान्स लिफ्ट नै राख्ने प्रस्ताव दातासँग राखेको पनि बताए । कतिपय ठाउँमा सडक विस्तारका लागि मुआब्जा दिन सक्ने अवस्था समेत नरहेको बताए ।
मन्त्री दाहालले काम अघि नबढिरहेको बेलामा समितिसँग छलफल हुनु राम्रो भएको उल्लेख गरे ।

