काठमाडौं । वस्तु काठमाडौंको सम्पर्क समाजको २० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका वार्ड न ५ बाट काठमाडौंमा आइ बसोबास गरेका बस्तेलीहरुको साझा सस्थाकोरुपमा रहेको वस्तु समाजले राजधानीमा विशेष कार्यक्रम गर्दै आफनो २० औं वार्षिकोत्सव मनाएको हो ।
समाजको २० औं वार्षिकोत्सवमा वस्तुबाट काठमाडौ आएर विभिन्न बिधामा उत्कृष्ट कार्य गरेका विशिष्ट प्रतिभाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा उच्च अदालत पाटनको मुख्य न्यायाधीश नियुक्त भएका लाल बहादुर कुवरलाई विशेष सम्मान गरिएको थियो ।
यस्तै कार्यक्रममा हालै प्रकाशित एसइइको परिक्षाफलमा उत्कृष्ट ग्रेड प्राप्त गरेका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । उक्त सम्मनबाट ६ जना विद्यार्थीहरु सम्मानित भएका थिए ।
उक्त सभामा तीनजना जेष्ठ नागरिकलाई पनि दोसोल्ला ओडाएर सम्मान गरिएको थियो ।

