पाँच प्रतिशतले घट्यो वाणिज्य बैंकको नाफा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुको मुनाफा (नाफा) मा कमी आएको छ । बजार, घरजग्गा, सवारी साधन लगायतका क्षेत्रमा छाएको मन्दीको प्रभावस्वरुप वाणिज्य बैंकको नाफामा गिरावट आएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ (साउन देखि जेठ ) महिनामा मुलुकमा रहेका २० वटा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४.९६ प्रतिशत अर्थात् २ अर्ब ८२ करोड रुपैयाँले नाफा कम हो । गत आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा सबैभन्दा बढी नाफा नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमइ लगातका वाणिज्य बैंकहरु रहेको छ ।

चालु आवको ११ महिनामा नबिल बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैंयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १.१० प्रतिशतले मात्र बढी हो । गत आवको सोही अवधिमा नबिलको यस्तो नाफा ६ अर्ब ३३ करोड ८४ लाख रुपैंयाँ रहेको थियो । त्यस्तै ग्लोवल आईएमई बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैंयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.५९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ग्लोवलको नाफा ५ अर्ब ९ करोड ४ लाख रुपैंयाँ रहेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि चालु आवमा ५ अर्ब ६८ करोड ८२ लाख रुपैंयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २९.८३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपाल इन्भेष्टमेन्टको नाफा ४ अर्ब ३८ करोड १३ लाख रुपैंयाँ रहेको थियो । एभरेष्ट बैंकले पनि चालु आवको पछिल्लो ११ महिनामा ४ अर्ब २४ करोड ७ लाख रुपैंयाँ खुद मुनाफा कमाएको छ । एभरेष्टको यो नाफा गत आवको सोही अवधिको तुलनामा २८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा एभरेष्टले ३ अर्ब ३१ करोड ३१ लाख रुपैंयाँ खुद नाफा कमाएको थियो । नेपाल बैंकले पनि पछिल्लो अवधिमा ३ अर्ब ७ करोड ६ लाख रुपैंयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १८५.२७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपाल बैंकको यस्तो नाफा १ अर्ब ७ करोड ६४ लाख रुपैंयाँ मात्र रहेको थियो ।

चालु आवको ११ महिनामा एनएमबी बैंकले ३ अर्ब ३ करोड ११ लाख रुपैंयाँ, प्राईमले भने २ अर्ब ९० करोड ५० लाख रुपैंयाँ, स्टान्र्डड चार्टडले र्२ अर्ब ७२ करोड ६२ लाख रुपैंयाँ लक्ष्मी सनराईज बैंकले २ अर्ब ५७ करोड ९२ लाख रुपैंयाँ खुद मुनाफा कमाएको छ ।

समिक्षा अवधिमा प्रभु बैंकले २ अर्ब ३१ करोड २० लाख रुपैंयाँ ,सिद्धार्थ बैंकले २ अर्ब २१ रकोड ८१ लाख रुपैंया , राष्ट्रिय बाँणिज्य बैंकले २ अर्ब २० करोड ६४ लाख रुपैयाँ , सानिमा बैंकले २ अर्ब १५ करोड ५७ लाख रुपैंयाँ खुद मुनाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार