बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (आइतबार)सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो ।  यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार पचाँस रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै शुक्रबार तोलामा २२ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार २२ सय ८५ रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार