प्रधानमन्त्री ओली सेप्टेम्बर १६ मा भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिख नयाँ दिल्ली गएर १७ तारिख स्वदेश फर्कनेछन् । भारतीय समकक्षी नरेन्द्र मोदीका तर्फबाट निम्ता आएपछि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।

२०८१ असार ३० गते प्रधानमन्त्री बनेका ओली यसअघि भारत भ्रमणमा गएका छैनन् भने उनले भारत भ्रमणमा रुचि नदेखाएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार