विश्वव्यापी ब्राण्ड प्रोहोण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा

काठमाडौं । नेपालका लागि होण्डा मोटर कम्पनीको आधिकारीक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपालमा प्रो होण्डा जेनुइन इन्जिन आयललाई नयाँ ग्लोबल होन्डा ब्रान्डकोको रुपमा भित्र्याई बिक्री वितरण सुरु गरेको छ ।

होण्डा मोटर कम्पनीले मोटरसाइकल र अन्य पावर प्रडक्ट्स उत्पादनहरुका लागि विकसित आधुनिक र विश्वस्तरीय यो इन्जिन आयल ब्राण्डको उद्देश्य होण्डाका सबै प्रयोगकर्ताहरुलाई आफ्नो सवारी तथा पावर प्रडक्ट्सका लागि गुणस्तरीय जेनुइन इन्जिन आयल सुविधा पुर्‍याउनु हो ।

प्रो होण्डा आयल सवारीको इन्जिन लामो समयसम्म टिक्न र वातावरणमा प्रदुषण कम गर्न मद्दत पुगोस् भनेर तयार गरिएको छ । यसको नयाँ प्रविधिले इन्जिनभित्रको घर्षणलाई कम गर्छ, जसले गर्दा गाडीमा पेट्रोल कम खपत हुने र मर्मत गर्न लाग्ने खर्चमा पनि कमी आउँछ । यति मात्र होइन, यसमा खिया लाग्न नदिने विशेष गुण भएकाले यसले इन्जिनका पाटपुर्जाहरूलाई खियाबाट जोगाउँछ र समग्रमा इन्जिनको आयु अझ बढाउँछ ।

स्याकार ट्रेडिङ कम्पनीका अनुसार प्रो होण्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कम गर्ने भएकाले सवारी धनीहरूका लागि यसको प्रयोग गर्नु अत्यन्तै लाभदायक हुनेछ । इन्जिनलाई सुरक्षित राख्नुका साथै प्रो होण्डा आयलले इन्जिनको कार्यक्षमता समेत बढाउनेमा कम्पनी विश्वस्त रहेको छ ।

प्रो होण्डा आयल विभिन्न गुणस्तरीय भेरियन्टहरूमा उपलब्ध छन् । यसमा १० डब्लु ३० एमए नेपाल १ लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल ०.८ लिटर, त्यसैगरी ५ डब्लु ३० एमए नेपाल ०.६ लिटर, साथै ५ डब्लु ३० एमबी नेपाल १ लिटर, र अन्तमा होण्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १० डब्लु ३० रहेका छन् ।

यस नयाँ र गुणस्तरीय उत्पादनको लन्चसँगै होण्डाले नेपालका सवारी साधन धनीहरुलाई उत्कृष्ट आयलको अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दाहोर्‍याएको छ । “प्रो होण्डा आयल”ले नेपाली बजारमा सवारी साधनको इन्जिनमा सुधार ल्याउने र ग्राहकहरुको विश्वास जित्ने अपेक्षा गरिएको छ ।

स्याकार ट्रेडिङ कम्पनी प्राइभेट लिमिटेड नेपालमा होण्डा मोटर कम्पनीको विगत ५५ वर्षभन्दा अघिदेखि आधिकारिक वितरक हो । यसले देशभरि होण्डाका उच्च गुणस्तरका उत्पादनहरु र उत्कृष्ट बिक्री पश्चात सेवाहरु प्रदान गर्दै आएको छ, जसले नेपाली ग्राहकहरु माझ होण्डाको लोकप्रियतालाई निरन्तर बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार