काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको प्रारम्भिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअनुसार, संस्थाले नाफा र अन्य वित्तीय सूचकांकमा उल्लेखनीय सुधार गरेको छ ।
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको प्रारम्भिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअनुसार, संस्थाले नाफा र अन्य वित्तीय सूचकांकमा उल्लेखनीय सुधार गरेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको समान अवधिको तुलनामा ८९.९६ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको नाफा २ करोड ८ लाख रुपैयाँ रहेको थियो ।
लघुवित्तले खुद ब्याज आम्दानीमा ५९.७४ प्रतिशत वृद्धि गरेको छ । अन्य सञ्चालन आम्दानी १५.४७ प्रतिशत र कुल सञ्चालन आम्दानी ४२.१६ प्रतिशत ले बढेको छ । सञ्चालन मुनाफामा ८७.८५ प्रतिशतको वृद्धि भएको देखिएको छ ।
गत वर्ष ३.६७ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर २.९१ प्रतिशतमा झरेको छ, जुन लघुवित्त क्षेत्रमै उत्साहजनक सुधारको संकेत हो ।
उक्त समीक्षा अवधिमा संस्थाको प्रति शेयर आम्दानी बढेर ३४ रुपैयाँ १७ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६ रुपैयाँ १८ पैसाले बढी हो । यस्तै, मूल्य-आम्दानी अनुपात ६४.७८ गुणा तथा प्रति शेयर नेटवर्थ १५६ रुपैयाँ ७९ पैसा कायम भएको छ ।
गुराँस लघुवित्तको चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने ६ करोड ५७ लाख रुपैयाँको जगेडा कोष सञ्चित छ । त्रैमासिक अवधिसम्म संस्थाले १ अर्ब ३० करोड २५ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ, जुन ४५ करोड ५५ लाख रुपैयाँको निक्षेप संकलनबाट १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँको कर्जा लगानीमा परिणत भएको छ ।