भुक्तानी सेवा प्रदायकलाई लाभांश वितरणमा राष्ट्र बैंकले तोक्यो यी सर्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक र सेवा सञ्चालक कम्पनीहरूलाई लाभांश वितरणका लागि ६ वटा सर्त तोकेको छ ।

लाभांश पारदर्शी र दिगो बनाउन राष्ट्र बैंकले ‘लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गर्दै केन्द्रीय बैंकले मापदण्ड तयार गरेको हो ।

यस्तै पूर्वाधार विकास कोषमा पनि मुनाफाको निश्चित प्रतिशत रकम छुट्याएर केवल पूर्वाधार विस्तारमा खर्च गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यी हुन् राष्ट्र बैंकले तोकेका सर्तहरु :

१. सञ्चित मुनाफा ऋणात्मक हुन नहुने: कम्पनीले लाभांश वितरण गर्नु अघि सञ्चित मुनाफा नकारात्मक नभएको प्रमाणित गर्नुपर्नेछ।

२. साफ मुनाफाका आधारमा मात्र लाभांश: मुनाफा भएको वर्षको लेखा परीक्षण गरिएका विवरणका आधारमा लाभांश घोषणा गर्न पाइनेछ।

३. शेयर प्रिमियमबाट नगद लाभांश निषेध: सेयर प्रिमियम रकमबाट नगद लाभांश घोषणा गर्न पाउने छैनन्।

४. नेटवर्थ ऋणात्मक नभएको अवस्था चाहिने: बोनस सेयर वितरणका लागि कम्पनीको नेटवर्थ ऋणात्मक नरहेको हुनुपर्छ।

५. जोखिम बहन र जगेडा कोष अनिवार्य: निश्चित प्रतिशत मुनाफा छुट्याएर जोखिम बहन र जगेडा कोषमा राख्नुपर्नेछ, जुन आपतकालीन क्षतिको व्यवस्थापनमा प्रयोग हुनेछ।

६. पर्याप्त नगद मौज्दात र निरीक्षणकै आधारमा छुट: नगद लाभांश दिन पर्याप्त मौज्दात हुनुपर्ने र राष्ट्र बैंकको निरीक्षणमा गम्भीर वित्तीय त्रुटि भेटिएको छैन भन्ने प्रमाणित हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार