गुराँस लघुवित्तको नाफासँगै जगेडा कोषमा भारी वृद्धि, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले १२ महिनामा ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ९० प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले २ करोड ८ लाख नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी ८ करोड २८ लाखबाट बढेर १३ करोड २३ लाख रुपैयाँ पुगेको छ । साथै, कम्पनीले २५ लाख १० हजार रुपैयाँ राइट ब्याक पनि गरेको छ । ब्याज आम्दानी र राइट ब्याक बढ्दा नाफामा सुधार आएको हो ।

११ करोड ५८ लाख ४९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६ करोड ५७ लाख जम्मा छ । अघिल्लो वर्ष उक्त कोषमा २ करोड ६८ लाख थियो । १२ महिनासम्म आइपुग्दा यस संस्थाको प्रतिसेयर आम्दानी ३४.१७ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६५.७९ रुपैयाँ छ । एनपीएल २.९१ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष एनपीएल ३.६७ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार