काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साउन १३ गतेदेखि ७ लाख ४ हजार १११ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । कम्पनीले सर्वसाधारण समूहको यो सेयर लिलाममा बिक्री गर्न लागेको हो । जसमध्ये १ लाख ४० हजार १०१ कित्ता सेयर लक इनमा छ ।
यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद साउन २० गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथा क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले असार १ गतेदेखि असार २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।
सो अवधिमा बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो । इन्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लगायत मुक्तिनाथ बैंकको यी शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।


